काठमाडौं । भद्रपुरको कृषि उत्पादनको व्यवस्थित भण्डारणका लागि भनेर १३ वर्षअघि निर्माण शुरू गरिएको शीत भण्डार (कोल्ड स्टोरेज) निर्माण पूरा नभई लथालिंग छाडेको कारण यतिखेर चौपाया राख्ने गौशालामा परिणत भएको छ ।
वि.सं २०६७ मा नेपालस्थित भारतीय दूतावासमार्फत्झापाको पुरानो नगरपालिका भद्रपुरमा १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा गरी काम शुरू भएको थियो ।
भारतीय दूतावासले अनुदानस्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेन्डर आह्वान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य शुरू गरेको एक दशक पार गरिसकेको छ । तर, निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा पछिल्लो दुई वर्षयता शीत भण्डार बेवारिसे अवस्थामा रहँदा नयाँबजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँ ९गौशाला०का रूपमा परिणत भएको हो ।
निर्माण सम्झौता हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा छ । जनप्रतिनिधि आएको आधा दशकभन्दा बढी समय भइसक्दा पनि अलपत्र संरचनातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष व्यतीत भइसकेको छ ।
कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपियाँ ९० पैसाको अनुमानित लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपियाँ ९६ पैसामा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend