काठमाडौँ। आज मंगलबार सेयर बजारको परिसूचक नेप्से २५.६६ अंकले उकालो लागेको छ । आज सो अंकको वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ ।
अघिल्लो दिन सोमबार १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा मंगलबार १ अर्ब ९८ करोडको कारोबार भयो ।
कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने ४ को स्थिर रहृयो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२५, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंक बढे ।
न्यादी हाइड्रो पावरको मूल्य ९.८ प्रतिशत बढ्यो । सोल्टी होटलको ८.७, प्रभु इन्स्योरेन्सको ८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend