काठमाडौँ। आज मंगलबार सेयर बजारको परिसूचक नेप्से २५.६६ अंकले उकालो लागेको छ । आज सो अंकको वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ ।
अघिल्लो दिन सोमबार १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा मंगलबार १ अर्ब ९८ करोडको कारोबार भयो ।
कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने ४ को स्थिर रहृयो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२५, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंक बढे ।
न्यादी हाइड्रो पावरको मूल्य ९.८ प्रतिशत बढ्यो । सोल्टी होटलको ८.७, प्रभु इन्स्योरेन्सको ८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend