Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाले हिरासतमा बसेका ८ जना थुनामुक्त


    शुक्रबार, चैत्र १४ २०७६
    780
    Shares
  • २ मिनेट पाठ
  •  
    काठमाडौ, १४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनालाई थुनामुक्त गरेको छ । कोरोना भाइरसलाई मध्येनजर गरी अनुसन्धानका सिलसिलामा हिरासतमा लिइएका मध्ये कसुरका आधारमा आठ जनालाई छाडिएको हो । 

     अनुसन्धानको पूर्णता र कसुरको मात्रा हेरेर उनीहरुलाई छाडिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

    ‘हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्ने गरी धरौटी लिएर तारेखमा छाड्ने निर्णय भएको छ’, कोइरालाले भने, ‘कसुर अनुसार हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिलाई पनि आधारमा मानेका छौं ।’

    उनले अनुसन्धानको सिलसिलामा रहेका घटनाबारे बताउन नमिल्दै भन्दै हिरासतमुक्त भएका व्यक्तिको परिचय खुलाउन मानेन् । यद्यपि, घुससहित रंगेहात समातिएका केही घटनाका व्यक्ति पनि छुटेको स्रोतले बतायो ।

    रसुवामा ११ पुसमा इलाका प्रहरी कार्यालय, टिमुरेले ४२२ ग्राम सुन बरामद गरेको थियो । तर, कारबाही नगरी छाडेर प्रहरी निरीक्षक खेम नेपालसहितको टोलीले आपसमा बाडेका थिए । प्रकरणमा अख्तियारले नेपालसहित १६ जना प्रहरीलाई हिरासतमा लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार