Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्र प्रहरीका पूर्वआइजीपी क्वारेन्टाइनमा 


    शुक्रबार, चैत्र १४ २०७६
    605
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १४ चैत । सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र श्रेष्ठ क्वारेन्टाइनमा बसेका छन् । नार्कोनन नेपालका अध्यक्ष वसन्तराज कुँवरका अनुसार इटलीबाट केही दिनअघि मात्र फर्किएका श्रेष्ठ सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । 

    कुँवरले श्रेष्ठँसग गरेको कुराकानी अनुसार चीनमा अलिअलि कोरोनाको प्रभाव हुँदा उनी काम विशेषले इटली गएका थिए । उनको कार्यक्रम इटलीमा सैनिक कार्यालयमा हुँदोरहेछ । चीनको प्रकोप देखेर मुखमा मास्क र हातमा पन्जा लगाउँदा इटालियन साथीहरुले उनलाई जिस्क्याएछन् पनि । तर पछि हेर्दाहेर्दै इटलीमा कोरोनाको कÞहर र त्रास यति बढेछ कि मर्नेको मलामी जाने पनि मानिस पाउन कठिन भएछ ।

    श्रेष्ठलाई उदधृत गर्दै कुँवरले लेखेका छन्– बचौं दाइ बंचौ यो फैलियो भने हामी जस्तो देसको केही लाग्दैन ।
    इटलीमा अहिले स्थिति यस्तो छ रे कि केवल सेना र सुरक्षाकर्मी मात्र लास बोकेर जान तयार छन् । डिपार्टमेन्ट स्टोरहरुमा मास्क र पंजा लगाएका र ३ फीट टाढा बसेका नागरिकहरुले एउटा स्याउ किन्दा पनि प्लास्टिकमा राखेर आफैं तौली चाहिने रकम पसलमा छोडेर जाने गर्दा पनि रोग नियन्त्रणमा आउन सकेको छैन । 

    आइजी श्रेष्ठका अनुसार कोरोना भयानक छ र नेपालीले यस्को भयानकतालाई कल्पनै गर्न सक्ने अवस्था छैन । यस्को हल हो आइसोलेसन । थप धेरै दिन अझै आइसोलेसनमै बस्नुपर्दछ  ।

    त्यहाँको सेना र सशस्त्र बलको काम देखेर पनि श्रेष्ठ हदैसम्म प्रभावित भएका रहेछन् ।आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र खटेका सेना देखेर उनी छक्क परे । श्रेष्ठले ‘आफूहरु फौजमा हुँदा सशस्त्र प्रहरी वा सेनाले दैवी प्रकोप र बिपत ब्यवस्थापनमा काम गर्नुपर्दछ भन्ने पढ्यौ जान्यौ तर बिपत ब्यवस्थापन कतिसम्म भयानक हुन्छ र यो काम गर्दा कस्ता कस्ता चुनौती आउँदारहेछन् । त्यसलाई फौजले कसरी मुकÞाबला गर्नुपर्ने रहेछ भन्ने भरखरै इटलीमा पुगेर देखें ।पूर्वआइजीपी श्रेष्ठ इटलीको अप्रेसनबाट धेरै कुरामा स्पष्ट भएर फर्किएका छन् । 

    पूर्वआइजीपी श्रेष्ठसँग भएका कुराकानी नार्कोनन नेपालका अध्यक्ष तथा पूर्वएसएसपी वसन्त कुँवरले सार्वजनिक गरेकाले समाचार बनाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार