Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायती प्रधानमन्त्री जोन्सनलाई कोरोना भाइरस संक्रमण


    शुक्रबार, चैत्र १४ २०७६
    845
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी

    लण्डन, १४ चैत । युवराज चाल्र्सलाईसंक्रमण भएको भोलिपल्टै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् । यसअघि जर्मनीका चान्सलर एन्जेला मर्केलल कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेकी थिइन् । 

    प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनलाई कोरोनाको सामान्य लक्षणमात्र देखिएको ट्वीटरमा उल्लेख गरेका छन् । 

    बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन् ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार