Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो


    बिहिबार, जेष्ठ १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १६.५४ अंकले बढ्दा नेप्से इन्डेक्स १८६६.३४ विन्दुमा पुगेको हो ।

    नेप्से बढेपनि पनि कारोबार रकममा भने खुम्चिएको छ । आज १ अर्ब ६५ करोड ४६ लाख ४८९ हजार माथिको कारोबार भएको हो ।

    आज १७१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार अब्बल रह्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार