काठमाडौं । सेयर बजारमा लगातार आज दोस्रो बुधबार दिन ठूलो गिरावट आएको छ । आज बजारमा ३८.८३ प्रतिशतको गिरावट आएको छ । बजार २.०६ प्रतिशतले घटेको हो ।
गत सोमबार १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै बजार लगातार घट्न थालेको छ । मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो । बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएका छन् । यद्यपि यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
बुधबार सबै उपसूचकहरु राताम्य भए । सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा समेत आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेको छ । माइखोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, पिपुल्स पावर फण्डसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
युनिलिभर नेपालको मूल्यमा नकारात्मक सर्किट लागेको छ । एसियन हाइड्रो, यूनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युतसहितका धितोपत्रको मूल्यमा समेत धेरै गिरावट आएको छ । प्रभु बैंकको प्रमोटर सेयर धेरै कारोबार भयो । शिवम् सिमेन्ट पनि धेरै कारोबार हुनेमा छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend