काठमाडौं । सेयर बजारमा लगातार आज दोस्रो बुधबार दिन ठूलो गिरावट आएको छ । आज बजारमा ३८.८३ प्रतिशतको गिरावट आएको छ । बजार २.०६ प्रतिशतले घटेको हो ।
गत सोमबार १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै बजार लगातार घट्न थालेको छ । मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो । बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएका छन् । यद्यपि यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
बुधबार सबै उपसूचकहरु राताम्य भए । सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा समेत आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेको छ । माइखोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, पिपुल्स पावर फण्डसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
युनिलिभर नेपालको मूल्यमा नकारात्मक सर्किट लागेको छ । एसियन हाइड्रो, यूनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युतसहितका धितोपत्रको मूल्यमा समेत धेरै गिरावट आएको छ । प्रभु बैंकको प्रमोटर सेयर धेरै कारोबार भयो । शिवम् सिमेन्ट पनि धेरै कारोबार हुनेमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend