Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा बसको ठक्करबाट कारमा सवार दुई जनाको मृत्यु


    मंगलबार, जेष्ठ १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै आज दिउँसो बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीकी ५३ वर्षकी डा‍। सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेका छन् ।

    दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृत्यु भएकी डा.खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको बताइएको छ ।

    दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा पश्चात बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार