Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका १६७ गम्भीर बिरामी, आईसीयूमा १४४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदै


    मंगलबार, भाद्र २३ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा अहिले कोरोनाका १ सय ६७ जना गम्भीर बिरामी रहेका छन् । उनीहरुको देशभरका विभिन्न अस्पातालका आईसीयू र भेन्टिलेटरमा सघन उपचार भैरहेको छ । ती मध्ये १४४ जनाको आईसीयू र २३ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

    स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश-१ मा ६ जना, प्रदेश-२ मा २४ जना, बागमती प्रदेशमा ८५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश-५ मा २० जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिममा १ जनाको आईसीयूमा राखेर उपचार भैरहेको छ।

    त्यसै गरी बागमती प्रदेशमा २२ जना र प्रदेश-५ मा १ जनाको भेन्टिलेटरुमा राखेर उपचार भैरहेको छ।

    पछिल्लो २४ घण्टामा आजसम्मकै सबभन्दा धेरै कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा मात्रै २ हजार २ सय ८७ जना निको भएर घर फर्किएका छन्। यससँगै ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्किसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार