काठमाडौं। कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी ६ वर्षपछि आज जेलमुक्त भएका छन्
उक्त घटनामा अदालतबाट दोषी ठहर भएका ‘थारु नेता’ रेशम चौधरी आममाफी पाएर जेलमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आक्रोश पोखेका छन्।
तीन तहको अदालतबाट जन्मकैद पाएको व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि रिहा गरिएको भन्दै उनले आक्रोश पोखेका छन्।
‘गणतन्त्र स्थापना भएको १५ बर्ष पुगेछ। शुभकामना शुभकामना शुभकामना। अपराधी, भ्रष्टाचारी, अपहरणकारी, लुटेराहरुलाई कानुनी राज्यको धज्जी उडाइ कानुन बमोजिम कारबाही नहुने र अदालतबाट सजाय पाएकालाई समेत गणतन्त्र दिवसको नाममा आफ्नो स्वार्थको लागि रिहा गरिने र अन्धभक्तहरु १०० किलोको फूलमाला र पार्टीको झण्डासहित स्वागत गर्न ओहिरिने,’ खरेलले भने, ‘अति भयो आदरणीय दाजुभाइ, दिदीबहिनीहरु। अब हुने निर्वाचनमा चनाखो र विवेकी भइ गणतन्त्रका कुपात्रहरुलाई विस्थापित गरौं।’
सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरेपछि उनी पनि डिल्लीबजार कारागारबाट आज जेल मुक्त भएका हुन्
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend