Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनाका कारण नेपालमा थप ६ जनाको मृत्यु


    मंगलबार, भाद्र २३ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३ सय ६ पुगेको छ। यी मध्ये पर्साका दुई जना छन्। 

    देशभर १ महिला र ५ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ। 

    पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको र यो कुल संक्रमितको ६८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार