Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित


    मंगलबार, भाद्र २३ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार गरिएको परीक्षणमा काठमाडौंका ३ सय, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    म‌ंगलबार नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन्।  

    प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २ हजर २ सय ८७ जना घर फर्किएका छन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार