Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कति जना कोरोना संक्रमणमुक्त भए?


    मंगलबार, भाद्र २३ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    योसँगै नेपालमा  ३२ हजार ९ सय ६४ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षण भएको छ।

    जसमध्ये ९०२ जना कोरोना पोजेटिभ भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार