Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ह्‍वात्तै बढ्यो, २४ घण्टामा २,२८७ जना डिस्चार्ज


    मंगलबार, भाद्र २३ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । 

    यस्तैगरी मंगलबार कोरोना भाइरसका ९ सय २ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा  संक्रमित थपिएको जानकारी दिए । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । 

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख  हजार पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा ८५ जना रहेका छन् ।

    पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार