Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महामन्त्री कोइरालामा कोरोना आशंका, दोस्रो परीक्षणको रिपोर्ट आउँदै


    मंगलबार, भाद्र २३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमणको आशंका गरिएको छ । सोमबार सामान्य ज्वरो आइ कोरोना परीक्षण गरेकोमा उनको रिपोर्ट पोजेटिभ आएको छ। कोरोना संक्रमण यकिन गर्नका लागि दोस्रो परीक्षण समेत गरिएको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।  

    सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । यो अवस्थाले कोरोना यकिन गर्न कठिन भएको तर सम्भावना भने देखिएकाले पुनः परीक्षण गर्न लागिएको हो । कोइरालाको स्वाब संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

    उनले महामन्त्री कोइरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको बताए । तिवारीले महामन्त्री कोइरालाको रिपोर्ट आउनेबित्तिकै सार्वजनिक गर्ने समेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार