Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीर अस्पतालका निर्देशकलाई लाग्यो गम्भीर आरोप !


    मंगलबार, भाद्र २३ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशकलाई गम्भीर आरोप लागेको छ । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले आफ्नो कार्यकाल सकिनै लाग्दा अनियमितता गरेको तथा स्वास्थ्य मन्त्रालयको अवज्ञा गरेको आरोप लागेको हो । उनको कार्यकाल अब चार महिना मात्र बाँकी रहेको छ ।

    स्वास्थ्य मन्त्रालयले वीर अस्पतालमा कार्यरत १ सय ९० जना करार, अस्थाई र ज्यालादारी कर्मचारीको करार अवधि ६ महिना थप्‍न निर्दशन दिएको थियो । तर निर्देशक डा. सेञ्चुरीले सो निर्देशनको अवज्ञा गर्दै ती कर्मचारीको म्याद दुई महिना मात्र थपेको आरोप लागेको छ । करार थपिएका ती कर्मचारीको करार यही भदौ मसान्तमा सकिँदै छ । 

    कोरोना महामारीको बेला ज्यानको बाजी राखेर अस्पतालमा खटेर काम गरेका कर्मचारी हटाएर निर्देशक डा. सेञ्चुरीले नयाँ कर्मचारी भर्ना गर्न लागेको भन्दै अस्थायी कर्मचारीहरु आक्रोशित भएका छन् । निर्देशक डा. सेञ्चुरीको यो कमदको अस्पताल भित्रै अहिले तीव्र विरोध भैरहेको बताइन्छ । 

    नयाँ कर्मचारी भर्ना गर्ने क्रममा आर्थिक फाइदा लिनको लागि नै निर्देशक डा. सेञ्चुरीले स्वास्थ्य मन्त्रायको निर्देशन अवज्ञा गरेको स्रोतले दावी गरेको छ । यसका लागि सेञ्चुरीले आफ्ना विश्वास पात्र मार्फत् आर्थिक फाइदा लिँदै नयाँ कर्मचारीको आवेदेन संकलन गर्न लागेको आरोप लागेको छ । 

    त्यस्तैगरी अस्पतालको सामग्री खरिद गर्ने इकाईमा समेत हात हालेर निर्देशक डा. सेञ्चुरीले ठूलो आर्थिक चलखेलको तयारी गरेको वीर अस्पताल प्रशासनका एक उच्च स्रोतले नेपाल फेसलाई जानकारी दिए । अहिलेसम्म एउटै खरिद इकाई भएको वीर अस्पतालमा नयाँ खरिद इकाई बनाई आर्थिक चलखेलको माहोल बनाएको आरोप लागेको हो ।

    यसका लागि डा. सेञ्चुरीले यसअघि नै अस्पतालमा बदनाम भएका कर्मचारीको लिष्ट तयार पारेको र सो लिष्ट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स (वीर अस्पताल) का उपकुलपति समक्ष पेश गरिसकेको ती स्रोत बताउँछन् । खरिद इकाईमा हुनेले आर्थिक चलखेल गर्न पाउने भएकाले डा. सेञ्चुरीले नयाँ इकाईको सूचीमा परेकासँग राम्रै डिल गरेको चर्चा समेत वीर अस्पताल प्रशासनमा चल्ने गरेको छ । 

    यसअघि निर्देशक डा. सेञ्चुरीलाई अस्पतालको नाममा अनुदानमा आएका स्वास्थ्य सामग्रीको बिल बनाइ अनियमितता गरेको आरोप समेत लागेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार