Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा तयार कोरोनाविरुद्धकाे भ्याक्सिन पहिलो पटक सार्वजनिक


    सोमबार, भाद्र २२ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनमा तयार कोरोनाविरुद्धकाे  भ्याक्सिन सार्वजनिक गरिएकाे छ। चीनले पहिलो पटक आफ्नो देशमा तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक प्रदर्शन मार्फत सार्वजनिक गरेको हाे ।

    सोमबार बेइजिङमा आयोजना गरिएको एक इभेन्टमा चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएका भ्याक्सिन प्रदर्शन गरिएको हाे । तेस्रो तथा अन्तिम चरणको परीक्षणमा रहेका यी दुई भ्याक्सिन अहिलेसम्म बजारमा आइसकेका छैनन् ।

    सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएका कोरोनाविरुद्धका भ्याक्सिनको अहिले तेस्रो तथा अन्तिम चरणको परीक्षण विभिन्न देशमा जारी छ । हजारौँ चिनियाँ नागरिकले भने यो भ्याक्सिन लगाइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार