Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे १० लाखको धातुसहित दुई जना पक्राउ


    सोमबार, भाद्र २२ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । धनुषामा करिब साढे १० लाख रुपैयाँ बराबरको धातुसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका –७ बस्‍ने २० वर्षीय श्याम दास र सोही ठाउँमा घरमा भएका २२ वर्षीय नुरारी लहेरी रहेका छन् ।

    दुईवटा साइकलमा आएका युवाहरुलाई जनकपुरको सुनचाँदी बजारबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुनचाँदीको गहना बनाउन प्रयोग गरिने ५० किलो उक्त धातुको अन्दाजी मूल्य दस लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

    उनीहरु दुवै जनालाई बरामद भएको धातुसहित कारवाहीको लागि सोमबारै जिल्ला भन्सार कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार