काठमाडौँ । ५ सयमा नक्कली प्रेस कार्ड बिक्री गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाइ पक्राउ गरेको हाे । नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गरेकाे सूचनाकाे आधारमा प्रहरी त्यहाँ पुगेकाे हाे।
उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे । प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२/१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ ।
अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।