काठमाडौं । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाए जानकारी दिएको छ।
केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो ।
यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५.९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घट्ने भएको छ ।
कानून अनुसार अन्तरप्रदेश चल्ने सवारीको भाडा केन्द्र सरकारले निर्धारण गर्ने गर्दछ भने अन्तरपालिकास्तरमा चल्ने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्दछ ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसअघि केन्द्र सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको समायोजन गरेको थियो ।
बुधबार बसेको भाडा निर्धारण\समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताइएको छ ।
भाडा घटाइएको निर्णय आज राजपत्रमा प्रकाशित गरिएपछि भाडादर लागू हुनेछ। यो सँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको पनि भाडा घट्नेछ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend