Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाकाे कहर : ब्राजिललाई पछि पार्दै भारत दाेस्राे नम्बरमा


    सोमबार, भाद्र २२ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार बढी संक्रमित भेटिएका छन् । यसका साथै यहाँ कूल संक्रमितको संख्या ४२ लाख नाघेको छ । संसारभरी यतिबेला भारत ब्राजिललाई पछि पारेर कोरोना संक्रमणको दोस्रो सर्वाधिक प्रभावित देश बनेको छ ।

    पछिल्लो सात दिनमा हरेक दिन ७५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । अर्थव्यवस्थालाई गती दिने उद्देश्यले सरकारले लकडाउनको प्रतिबन्ध हटाएको छ । यता कोरोना संक्रमण भने दिनानुदिन बढ्दो छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार भनेको छ, ‘पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १०१६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कूल संख्या ४२,०४,६१४ भएको छ जसमा ८,८२,५४२ सक्रिय संक्रमित छन् ।’

    भारतमा कोरोनाद्वारा संक्रमित भएपछि ३२,५०,४२९ मानिसहरु ठिक भएका छन् । यो महामारीले अहिलेसम्म ७१,६४२ को ज्यान लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार