Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्ष कैद भुक्तानका लागि थुनामा


    सोमबार, भाद्र २२ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । किर्ते नागरिकता बनाउन सहयोग पु¥याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् । 

    विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल आज कारागार चलान भएका हुन् । वडाध्यक्ष मल्ललाई प्रहरीले आजै पक्राउ गरेको थियो । 

    जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले मल्ललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए । मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो ।

    अदालतको फैसलापछि पनि मल्ल पक्राउ परेका थिएनन् । उनी नेपाली काङ्ग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    वडाध्यक्ष मल्लविरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई रु दुई लाख दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार