Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ


    बुधबार, जेष्ठ १० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्री महतोलाई शपथ खुवाएका हुन् ।

    यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहका बीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको शपथ लिएका हुन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार महतो र प्रमिला कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार