Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • लुम्बिनीका तीन जना मन्त्रीले लिए शपथ


    सोमबार, जेष्ठ ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुले शपथ लिएका छन् । नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका थिए । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने बताइएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार