Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आज


    बिहिबार, बैशाख २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण हुने भएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका तीन जना मन्त्रीको आज दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो ।

    तीनै जना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

    नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार