Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नवनियुक्त मन्त्रीहरूको शपथ आज


    बुधबार, जेष्ठ १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ । राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज शपथ ग्रहण हुन लागेको हो ।

    राष्ट्रपति कार्यालयका अनुसार आज बिहान १० बजे मा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार