Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनशनरत बिनु यादवको जीवनरक्षा गर्न मानव अधिकार आयोगको आग्रह


    बुधबार, जेष्ठ १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको जीवनरक्षा गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा.टीकाराम भट्टराईले आज विज्ञप्तिमार्फत अनशनरत यादवको जीवनरक्षा गर्न आग्रह गरेका हुन् ।

    उनको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।

    आफूलाई विभिन्न व्यक्तिले जबर्जस्तीकरणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवं जबर्जस्तीरूपमा जाहेरी फिर्ता लिन लगाइएको भनी सिराहा नगरपालिका-२ की यादव विगत १५ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको आयोगले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार