काठमाडौँ । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीले जलन केसमा धेरै ठूलो दर्द लुकेको पीडा व्यक्त गरेका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा भण्डारीले जलन केसको पीडा सुनाएका हुन् ।
गत फागुन ३ मा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका भण्डारीले भारतबाट उपचार गराएर फर्किएपछि आज पहिलो पटक संसदमा बोल्दै जलन केस देशभरि फैलिएको बताए ।
‘जलन केसबाट मैले जुन परिस्थिति भोग्नुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु भएको छ । गत वर्ष १ सय १० जना मृत्युवरण गर्नुभएको थियो,’ उनी भन्छन्, ‘त्यसमा मेरो आमा थपिँदा १ सय ११ पुगेको थियो । जलन केस देशभरि फैलिएको छ । हामीले जसरी विज्ञानको विकास गरौं, गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो ।’
ग्यास र बिजुलीको प्रयोग गर्नेबारे पाठ्यपुस्तकमा समावेश नगरेको भन्दै आगामी दिनमा उक्त कुरा राख्नुपर्नेमा जोड दिए ।
‘हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । बच्चाहरु स्कुल जाँदा कसरी सडक क्रस गर्ने ? वा ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने ? भनेर विश्वका अरु देशमा साना बच्चाले पढ्न पाउँछन् । तर हाम्रा विज्ञ, पाठ्यक्रम निर्माता कसैलाई पनि यसबारे ध्यान भएन,’ सांसद भण्डारीले भने ।
जलन केसमा धेरै गरिब मान्छे पर्ने गरेको भन्दै यसमा धेरै ठूलो दर्द लुकेको उनले बताए । ‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्नुपर्छ । अर्को राख्नै पाइँदैन भनेपछि मर्ने केस नै कम हुन्छ । यसलाई कानुन बनाउनका लागि सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहेँ,’ उनले भने ।
उनले आफ्नो उद्दार गरेको सरकार, सांसद र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । भण्डारीले भने, ‘मलाई रेक्यु गरी यो अवस्थामा ल्याएर बोल्ने गराउने वर्तमान सरकार, माननीय सांसद ज्यूहरु, शुभचिन्तक ज्यूहरु र स्वास्थ्यकर्मी ज्यूहरु सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
भेन्टिलेटरमा गएर आफू सौभाग्यले बाँचेको भन्दै उनले नेपालमै एउटा जलन अस्पताल बनाउनुपर्ने बताए । ‘मलाई छिमेकी देशमा पठाउँदा मैले त्यहाँ डाक्टरसँग कुरा गर्दा विगतका तीन वर्षमा तीन जना मान्छे मात्र भेन्टिलेटरमा गएर बाँचेको रहेछन्,’ भण्डारीले भने,’त्यसमध्ये म एउटा नेपाल सौभाग्यले तपाईँहरूलाई भेट्न पाएका कारण बाचेर आएर बोल्दैछु । मैले प्रधानमन्त्रीलाई आउँदा आउँदै पनि अनुरोध गरेँ । हामीले एउटा हस्पिटल बनायौं भने एशियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ ।’
वातावरण र खर्चका हिसाबले एशियाको सबैभन्दा सबल हस्पिटल बन्ने सांसद भण्डारीको भनाइ छ । ‘यसका लागि पहिला हामीले कीर्तिपुर र सुस्मले थामिरहेको छ । त्यहाँ अहिले एउटा भवनको आवश्यकता रैछ । अरु विरामीजस्तै हामीले जलनका बिरामीलाई पनि जोड दिन आवश्यकता रैछ,’ भण्डारीले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend