Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मारुती सिमेन्ट उद्योगविरुद्ध प्रदर्शन


    सोमबार, भाद्र २२ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमणसँगै वातावरण प्रदूषण बढेको भन्दै स्थानीयवासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् ।

    मारुती सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध गठित सङ्घर्ष समितिको अगुवाइमा स्थानीयवासीले सो उद्योगविरुद्ध प्रदर्शन गरेका हुन् । ‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँधुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सयौँको सङ्ख्यामा ओर्लिएका प्रदर्शनकारीले उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

    ती उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयवासीको आरोप छ । जग्गा अतिक्रमण मात्रै नभई सिमेन्ट उद्योगबाट निस्कने प्रदूषित धुवाँले आसपासका बस्ती पनि जोखिममा परेको स्थानीयवासी चिरञ्जीवी यादवले बताए ।

    उद्योग परिसरस्थित शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादीयुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

    मारुती सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौँ गाउँका लाखौँ जनता प्रत्यक्षरुपमा प्रभावित छन् । यहाँका स्थानीयवासीले जग्गा अतिक्रमण तथा प्रदूषण रोक्न निरन्तररुपमा आवाज उठाउँदै आएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार