Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्र यादव भन्छन्- राष्ट्रिय योजना आयोगको कामै छैन, खारेज गरिदिए हुन्छ


    बुधबार, जेष्ठ १० २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको दाबी गरेका छन् ।

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज सुझाएका हुन्।

    ‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार