Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वन्यजन्तुकाे छाला र हड्डी तस्करी गर्ने दुई जना पक्राउ


    सोमबार, भाद्र २२ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीले बझाङको बुङगलबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका प्रहरीले जनाएकाे छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा छाला र हड्डी फेला पारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार