Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामेछापमा चितुवा मृत भेटियो


    बुधबार, जेष्ठ १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रामेछाप। मन्थली नगरपालिका–१ को भ्यागुरेनजिक सिन्दुरेखोलामा चितुवा मृत अवस्थामा फेला परेको छ । करिब ७/८ वर्षको उक्त चितुवालाई बुधबार बिहान स्थानीयले बाटो छेउमा मृत अवस्थामा फेला पारेका हुन् ।

    मृत अवस्थामा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यालय, जिल्ला प्रहरी र स्थानीय तहका प्रतिनिधिको रोहबरमा गाडिएको छ ।

    डिभिजन वन अधिकृत ओमसागर भण्डारीका अनुसार मृतक चितुवाको शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार