Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नं ५ का २५९ प्रहरी कारवाहीमा


    सोमबार, भाद्र २२ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काडमाडाैँ । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं ५ बाट २५९  प्रहरी कारवाहीमा परेका छन् । प्रहरीको आचरण, नीति र  नियम विपरीत काम गर्नेलाई कारवाही गरिएको हो ।

    प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार नसिहतमा १२७, चालचलनसम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच,  शुरुस्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात , स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन् । 

    अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नं ५ बाट १७६ प्रहरीलाई कारवाही गरिएको थियो । 

    हजार पुरस्कृत 
    गत आवमा प्रदेश नं ५ बाट  एक हजार प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका १२७, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका १०५, नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बाँकेका १३२, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम (पूर्व) का ५७ जना  छन् । 

    त्यस्तै ५ नं प्रदेश प्रहरी कार्यालय दाङका ५०, ५ नं प्रदेश तालीम केन्द्र बुटवलका आठ, ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तीन, ५ नं प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ र ५ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ प्रहरीलाई पनि पुरस्कृत गरिएको छ । 

    सिर्जनशील काम गरेको, तोकिएका ठाउँमा जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल प्रहरीलाई सम्मान गरिएको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार