Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाबाट थप ११ को मृत्यु, मृतकको संख्या ३ सय पुग्यो


    सोमबार, भाद्र २२ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ सय  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार पनि ९ जनाको कोरोनाबाट मृत्यु थियो।

    पछिल्लो २४ घण्टामा मात्रै ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। 

    नेपालमा हाल १६ हजार २५९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार ७९ जना आइसोलेशनमा रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९०  छन्। क्‍वारेन्टिनमा ४ हजार ७ सय ३९ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय १८ नमूनाको पीसीआर परीक्षण भएको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ छ। यो ६५ प्रतिशत हो। यस्तै मन्त्रालयका अनुसार १७१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २० भेन्टिलेटरमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार