काठमाडौं । सोमबार नेपालमा १ हजार ७ सय ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । उपचारका क्रममा रहेका उनीहरुलाई हस्पिटलले डिस्चार्ज गरेको हो ।
गत २४ घण्टामा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि समेत भएको छ । योसँगै नेपालमा नेपालमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या ४७ हजार २ सय ३६ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा ९ हजार २ सय १८ जनाकाे पीसीआर परीक्षण गरिएको हो । हालसम्म डिस्चार्ज हुनेकाे संख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।
अब नेपालमा १७ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ४ हजार ७ सय ३९ जना क्वारेन्टिनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।