Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


    सोमबार, भाद्र २२ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । एक हप्तादेखि भर्ना गरी राखिएको बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

    अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा हाल बन्द गरेको निमित्त मेडिकल सुपरटेण्डेण्ट डा.जगदीश कुँवरले जानकारी दिए ।

    सो बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटेभि आएपछि मात्रै अस्पतालको सेवा सञ्चालन गरिने उनले बताए । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ की ८२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार