Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको राष्ट्रिय आकाङ्क्षालाई कर्मचारीले पूरा गर्नुपर्छ : मन्त्री त्रिपाठी


    सोमबार, भाद्र २२ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् ।

    आज १७औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई पूर्णरुप प्रदान गरी राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधिमैत्री, अनुशासित, मर्यादित र कामप्रति प्रतिबद्ध हुनुपर्ने बताए।

    उनले देशको समग्र विकास र नागरिकको सेवामा समर्पित कर्मचारी स्थायी सरकारका रुपमा काम गर्दै सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक तुल्याउनुपर्ने बताए। मन्त्री त्रिपाठीले यस वर्ष कोभिड–१९ का कारणले सरकारले लक्ष्य गरेबमोजिमको उद्देश्य हासिल गर्न नसके पनि यस रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको अग्रपङ्क्तिमा रहेर निजामती कर्मचारीले अतुलनीय योगदान गरेको स्मरण गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार