काठमाडौँ। आज साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारले ५१ अंकको छलाङ मारेको छ । यसदिन बजारको परिसूचक नेप्से ५१.३१ ले बढेर १९४२ अंकमा कायम भएको छ । यसअघि सोमबार ८ अंकले नेप्से बढेको थियो । योसँगै लगातार ६ दिनसम्म बजार हरियो बनेको छ । कुल २१९ कम्पनीको मूल्य बढ्दा २ को घट्यो भने १ को स्थिर रहृयो ।
यस दिन कारोबार रकम २ अर्ब २० करोड पुगेको छ । यसअघि सोमबार कुल १ अर्ब २७ करोडको कारोबार भएको थियो । सेयर बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ २१, विकास बैंक ८२, फाइनान्स ४९, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० र अन्य उपसमूह ३१ अंक बढे ।
धेरै मूल्य बढ्ने कम्पनीमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त रहे । यी सबै कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend