Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • रातो मछिन्द्रनाथलाई भदौ २९ गते बुंगमती लगिने


    सोमबार, भाद्र २२ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रातो मछिन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको छ । सोमबार दैवज्ञ ज्योतिषहरूले रातो मछिन्द्रनाथलाई बुंगमती लैजाने साइत भदौं २९ गतेको लागि जुराएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

    गत बिहीबार अचानक युवाहरूले रथ तान्ने प्रयासपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवाला निकायहरूको बैठकले शुक्रबार क्षमापूजा गरेर भदौ २२ मा मछिन्द्रनाथलाई बुंगमती लैजाने साइत जुराउने सहमती गरेको थियो ।

    सहमतिअनुसार भदौ २६ भित्रै बुंगमती लैजाने सहमती भएको थियो । तर सोमबार साइत जुराउँदा भदौ २९ गतेको लागि जुरेको महर्जनले जानकारी दिए ।

    मछिन्द्रनाथलाई बुंगमती लगेको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने काम सुरु हुने पनि महर्जनले जानकारी दिए । बिहीबार अव्यवस्थित रूपमा तानिएको रथमा केही क्षति भएको र बाटोमा अलपत्र परेका कारण आइतबार रथलाई २० मिटरजति तानेर सुरक्षित ठाउँमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार