Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टीका ढकाल बने राष्ट्रपतिको सञ्चार सल्लाहकार


    सोमबार, भाद्र २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छन्।

    ढकाल आइतबार, २१ भदौदेखि लागू हुनेगरी राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त भएका हुन्। उनलाई सूचना र सञ्चार विज्ञ सल्लाहकारसँगै तोकिएका अन्य जिम्मेवारीसमेत पूरा गर्न राज्यमन्त्री सरहको सेवासुविधा पाउनेगरी नियुक्त गरिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो।

    कूटनीतिक क्षेत्रमा समेत काम गरेका ढकालले पछिल्लो समय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा स्तम्भ लेख्दै आएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका माधव शर्मा केही समयअघि त्यो जिम्मेवारीबाट विदा भएका थिए।

    ढकालले आइतबारदेखि नै तोकिएको जिम्मेवारी सम्हालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार