Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट


    सोमबार, भाद्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था तीन वर्षपछि खुला गरेको छ । कित्ताकाट भदौ १८ गते बसेको मन्त्रीस्तरीय निर्णयले खुला गरेको हो ।

    यसअघिका निर्णयहरु बदर गर्दै भू-उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट गर्न नापी विभागले मातहतका कार्यालयहरुमा निर्देशन दिएको छ ।

    भू-उपयोग सम्बन्धी नयाँ कानुन आएकाले पुरानो व्यवस्था खारेज गरिएको भूमिसुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनले नयाँ कानुनले पुरानो व्यवस्थालाई खारेज गरेको बताइन् ।

    २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन् ।

    खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको त्यो सर्वसाधारणका लागि अभिषाप बनेको थियो ।

    कित्ताकाट गरे बापत प्रतिआना १ लाख ५० हजार रुपैयाँसम्म नजराना बुझाउनु परेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । दहित आफैले १३ वटा कम्पनी र व्यक्तिलाई भने जग्गा प्लटिङ गर्न पाइने निर्णय गरेका थिए ।

    Kittakat-photo-1-768x639.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार