Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन डीआईजीसहित २३ सयभन्दा बढी प्रहरीमा कोरोना संक्रमण


    सोमबार, भाद्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७ सय ४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३ सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् ।

    ९ सय ६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८४ र काठमाडौं उपत्यकाका ६ सय ६४ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २ सय १६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १ सय ८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार