Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बलात्कार आरोपमा एक प्रहरी पक्राउ


    सोमबार, भाद्र २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् ।

    २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको गौशाला प्रहरीले जनाएको छ । थिङले पीडित युवतीको घरमै गइ जबरजस्ती गरेको युवतीको उजुरीमा उल्लेख छ । 

    जाहेरीपछि प्रहरी उनको स्वास्थ्य परीक्षण समेत गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार