Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • हेलिकप्टरबाट सुत्केरीको उद्धार


    मंगलबार, जेष्ठ ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

    आइतबार गाउँकै स्वास्थ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । ७ महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।

    बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार