Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानाध्यापक अपहरण गर्ने विप्लव समूहका थप एकजना काठमाडौंबाट पक्राउ


    सोमबार, भाद्र २२ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीका एक प्रधानाध्यापक अपहरण गरेको आरोपमा विप्लव समूहका थप एक जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार काठमाडौंबाट ३२ वर्षीय राजिव सुनुवारलाई पक्राउ गरेको डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

    भदौ १३ गते विप्लव समूहका करिब १५ जनाले तीन पाटन गाउँपालिका-८ तीलपुङडाडाँस्थित भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेका थिए।

    उनले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै गरेको बेला अपहरण गरी लगेका थिए। सोही बेला स्थानीय तथा प्रहरीले उनीहरूको पिछा गरी घेरा हाल्दा प्रधानाध्यापक भण्डारीलाई छाडेर भागेका थिए। त्यतिबेला प्रहरीले २० वर्षीय प्रतिमा परियारलाई पक्राउ गरेको थियो।त्यस्तै, भदौ १४ गते प्रहरीले अन्य सात जनालाई पक्राउ गरेको थियो।

    प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ, ४९ वर्षीय रूद्र बहादुर राउत, १९ वर्षीय विवेक थापा, सुशान्त राई, २५ वर्षीय कल्याण, २१ वर्षीय धन बहादुर श्रेष्ठ, २४ वर्षीय पुर्ण शेर्पा र २० वर्षीय प्रतिमा परियार छन्।

    प्रहरीले उनीहरूबाट बम, बम बनाउने सामग्री, रसिद लेटरलगायत सामग्री समेत बरामद गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार