काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । आज अर्थमन्त्री महतसँग एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।
भेटमा एमसीसी परियोजनाको कार्यान्वयन र सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने कार्यका बारेमा दुवै पक्षवीच विस्तृत छलफल भएको बताइएको छ ।
सो अवसरमा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भइ नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरे । आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने उनले प्रतिबद्धता जनाए ।
मन्त्री महतले एमसीसीको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरेकामा धन्यवाद ज्ञापन गरे ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend