Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा कोरोना संक्रमितको संख्या २६ सय नजिक, आज मात्र थपिए ६७ जना


    सोमबार, भाद्र २२ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सोमबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

    निर्देशक शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै ३१ जना छन् । त्यस्तै नवलपरासी (सुस्तापूर्व) का १५, गोरखाका १८, तनहुँका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । निर्देशक शर्माले संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पक्ता लागेको जानकारी दिए ।

    संक्रमितहरुमध्ये पोखराका २ जना मेडिप्लस अस्पतालमा उपचाररत २ जना बिरामी रहेका छन् भने ४ जना पोखराको पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत रहेका छन् ।

    त्यस्तै पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष पनि संक्रमित भएको निर्देशक शर्माले जानकारी दिए । संक्रमित सबैलाई आइसोलेशन लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५९८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार