Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैपरिवारका ४ जनामा कोरोना संक्रमण


    सोमबार, भाद्र २२ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका ४ जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । 

    नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

    नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार ४ जनासँगै पीसीआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । 

    कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो । 

    भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ । 

    श्रीमतीमा कोरोनाको सङ्क्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका ३ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको हो । 

    परिवारका अन्य सदस्यमा कोरोनाको सङ्क्रमण भएको पाइएको छैन । 

    कोरोनाको सङ्क्रमणको आशङ्का भएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएको ४ दिनदेखि नै क्वारेन्टाइनमा बस्दै आएको कार्यालय सहयोगीले बताए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार