Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मर्मस्पर्शी मेरो जीन्दगी


    सोमबार, भाद्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नुपरेपछि बुवाले कलेजो दान गरेका थिए । तिनै महान बुवाको वास्तविक घट्नामा आधारित गीत ‘मेरो जिन्दगी…’ सार्वजनिक भएको हो ।

     अहिले सिवाशंको स्वास्थ्यमा सुधार भइरहेको छ, कलाकारहरूले गीतबाट आउने रोयल्टी शिवाशंको लागि सहयोग गर्ने निर्णय गरेका छन् । कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन,निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको जिवन्त अभिनय रहेको छ । बालकलाकारमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पाखरेलले खिचेका हुन् । भिडियो हेरेर शेयर गरी अबोध बालकको सहयोग गरिदिन बुवा महेश अवस्थीले सबैमा अनुरोध गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार