Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाँदीको मूल्य घट्याे, सुनकाे मूल्य कति ?


    सोमबार, जेष्ठ ८ २०८०
    1.5K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले साेमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

    साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

    यस्तै, साेमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार